काठमाडौ ।सन् २०१९ को लागि केही समय अगाडिमात्र ट्रेजरले मिस नेपालको नयाँ संस्करणको आवेदन खुलाएकाे थियो । यही सौन्दर्य प्रतियोगिता मिस नेपाल सन् २०१९ मा अस्मिता महर्जन पनि अडिसन दिन पुगेकी थिइन् । जहाँ महर्जन मेकअप बिना नै अडिसन दिन पुगेकी थिइन् ।

त्यसपछि निर्णायक रचना शर्मा गुरुङले मेकअप किन नगरेको भनेर सोधेकी थिइन् ,जवाफमा अस्मिताले ‘मेकअप गर्न आउँदैन तर म सिक्छु’ भनेकी थिइन् । उता जज रचनाले भने यो २१ औँ शताब्दी हो, प्रतियोगितामा आउँदा मेकअप नगरी आउनु अपमानजनक भएको बताएकी छन् । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यस्तै भिडियोको विभिन्न नकरात्मक कमेन्टहरु आइरहेको छ ।
त्यसैक्रममा भिडियो यसरी भाइरल भएपछि २०१८ की मिस नेपाल श्रृंखला खतिवडाले ती जजलाई सांकेतिक रुपमा आफ्नो ट्वीटरमार्फत गतिलो जवाफ फर्काएकी छिन् । उनले आफ्नो ट्वीटरमा आफ्नो बिना मेकअपको फोटो पोष्ट गदै आफ्नो फोटोको क्याप्सनमा यस्तो लेखेकी छिन् ,‘नो मेक अप एण्ड स्टिल व्युटीफूल’ अर्थात् ‘मेकअप नगरे पनि सुन्दर ।’ भनेकी छिन् ।

मिडिया एनपी बाट साभार



