टिकटक यस्तो सामाजिक सञ्जाल हो जहाँ जस्ता भिडिओ हाले पनि हुन्छ। के बोल्ने, के गाउने, कसरी नाच्ने सबै प्रयोगकर्ताको रोजाइ।

टिकटकले बानी बिगार्न पनि सक्छ, केही सिकाउन पनि।

यस्तै सिक्ने र सिकाउनेमा पर्छिन् दुई वर्षीया सैलिन श्रेष्ठ।

तोतेबोलीमा उनी भिडिओमा बाह्रखरी भन्दै गरेकी देखिन्छिन्। कहिले अंग्रेजी वर्णमाला र अंक खर्र भन्छिन्। फलफूल, जनावर, रङका नाम सुनाउँछिन्।

 

सैलिनका धेरैजसो भिडिओ ज्ञानगुनका कुरासँग जोडिएका छन्।

नेपालको प्रधानमन्त्री को हो भन्दा उनी जवाफ दिन्छिन्- केपी ओली। ट्राफिक लाइटको काम के हो? उनले पालना गर्न नजान्लिन्, तर त्यसबारे बताउन सक्छिन्।

 

सैलिनलाई यी सबै कुरा सिकाउने उनका बुबा सन्जित श्रेष्ठ हुन्।

सन्जित भन्छन्, ‘सामाजिक सञ्जालबाट बच्चाले धेरै कुरा सिक्न सक्छन्।‘

सैलिन स्कुल भर्ना भएकी छैनन्। अढाई वर्ष पुगेपछि मात्र भर्ना गर्ने आमाबाबुको सोच छ। स्कुल जानुअगावै सैलिनले धेरै कुरा जानेकी बुबा सन्जित बताउँछन्।

‘म फुर्सद हुनेबित्तिकै छोरीसँग हुन्छु। यस्तै कुरा सिकाउँदै भिडिओ बनाउँछु। टिकटक र फेसबुकमा हाल्छु,’ सन्जितले भने, ‘यही कुरा दर्शकले मन पराइदिनुहुन्छ।‘

 

सैलिनका धेरै ‘फ्यान’ पनि भइसकेका छन्।

सन्जित आफैं पनि म्युजिक भिडिओ बनाउने काम गर्छन्। जुनबेला सन्जितलाई टिकटकबारे थाहा भयो, सैलिन डेढ वर्षकी थिइन्।

टिकटकमा अरूका भिडिओ देखेपछि आफूलाई पनि भिडिओ बनाएर हाल्न मनलागेको सन्जितले बताए।

‘त्यतिबेला सैलिन खिस्स हाँस्न र फिस्स रिसाउन मात्र जानेकी थिइन्,’ सन्जितले भने, ‘मैले उनको त्यही भावभंगी कैद गरेँ। टिकटकमा हालेँ।’

सन्जितका अनुसार त्यसपछि भिडिओमा ‘भ्युज’ आउन थाल्यो। धेरैले मनपराए। कतिले फेरि बनाउन आग्रह गरे।

 

भन्छन्, ‘ख्यालख्यालमा बनाएको भिडिओले नसोचेको चर्चा कमायो।‘

उनले टिकटकमा छोरीका भिडिओ थप्दै गए। फेसबुक, इन्स्टाग्राम र युट्युबमा पनि हाल्न थाले। त्यहाँ पनि भिडिओको चर्चा भयो। फेसबुकमा एउटै भिडिओ १० लाखले हेरेका छन्। हाँस्दै उनी भन्छन्, ‘युट्युब र इन्स्टाग्राममा पनि राम्रो भ्युज छ।‘

 

दुई वर्षकी सैलिनलाई अहिले सामाजिक सञ्जालमा धेरैले चिन्छन्।

उनले भने, ‘घरबाहिर बाबुछोरी जाँदा धेरैले टिकटक, फेसबुकमा देखेको फुच्ची भन्छन्। त्यो सुन्दा खुसी लाग्छ।‘

२०१६ मा लन्च भएको टिकटकका संसारभरमा पचास करोडभन्दा धेरै प्रयोगकर्ता छन्। नेपालमा पनि यसको लोकप्रियता बढ्दो छ। बालबच्चादेखि युवा र पाका उमेरका सम्म भुल्ने टिकटक पछिल्लो समय केही ठाउँमा विवादित पनि छ। भारतमा टिकटक प्रतिबन्ध गराउनुपर्ने माग हालै मद्रास अदालतले राखेको थियो।सेतो पाटी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah