ईटहरी | हाजिरीजवाफको चर्चित टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपती’को आउदो एपिसोडमा टेलिभिजन र युट्युबको पर्दामा लोकप्रिय पत्रकार रवी लामिछाने आउने भएका छन् । हिजो मंगलबार केबिसी अर्थात को बन्छ करोडपतिको पेज र रवि लामिछानेको सामाजिक संजाल फेसबुक पेजबाट यो कुराको जानकारी गराईएको हो ।

कार्यक्रममा रवी लामिछानेको सहभागीता मात्र हैन उनी संगै कार्यक्रममा २०० जनाले फ्रीमा कार्यक्रम स्टुडियो पस्न पनि पाउने भएका छन् । जुन एपिसोडको छायांकन आज साझ ५ बजे केबिसी स्टुडियो ललितपुरमा हुदैछ । हेर्नुस् रवीले पोस्ट गरेको स्टाटस ।विशेषगरी यो उनको अभियानमा बन्न लागेको ‘रास्कोट सामुदायिक अस्पताल’को लागि आर्थिक सहयोग पुगोस् भनेर को बन्छ करोडपतीमा सहभागी हुन लागेको रवीले उक्त पोस्टमा जानकारी गराएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्णय ढिलो आएकोले जानकारी गराउन पनि ढिला भयो भन्दै सकेसम्म १ करोड नै जित्ने प्रयत्न रहेको लेखेका छन् । सो प्रतियोगिताबाट उनले जति हात पार्छन् सो सबै रास्कोट अस्पतालको लागि खर्चगर्ने बताएका छन् । को बन्छ करोडपतीमा यसअघि बिभिन्न कलाकारहरूले राजेश हमाल संग प्रश्नोत्तर खेल्दै हजारौ पुरस्कार जितिसकेका छन् ।