बिराटनगर बैसाख, विकल्प एन अल्टरनेटिभ, दमक पब्लिक लाइब्रेरीको संयुक्त आयोजना र एट्लस नेटवर्कको सहयोग तथा समृद्धि फाउन्डेसन र एकाउन्टिबिलिटि ल्याबको सहकार्यमा ५ दिने फिल्म मेकिंग तालिमको संचालन हुन गइरहेको छ ।

उक्त कार्यक्रमलाइ ३ चरणमा बिभाजन गरिएको छ ।पहिलो चरणमा सहभागीहरुलाई ५ दिने आवासीय तालिम दिइने छ, जसमा फिल्म बनाउने आधारभूत बिषयमा बिस्तृत जानकारी दिइने छ।दोश्रो चरणमा सहभागीहरुलाइ चार समुहमा विभाजित गरि छोटो समयको सिनेमा निर्माण गर्नको निम्ति फिल्डमा पठाइने छ भने, अन्तमा सहभागीहरुले तयार गरेको सिनेमालाइ दर्शक माझ प्रस्तुत गरिने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त कार्यक्रममा सहभागी हुनको निम्ति इच्छुक आवेदकले आबेदन फर्म भर्नुपर्ने छ, जसको आधारमा २६ जना सहभागीहरुलाई तालिमको निम्ति छनौट गरिने छ । छनौटमा परेका सहभागीहरुले दर्ता शुल्क स्वरूप २००० रुपैया बुझाउनु पर्नेछ ।फर्म भर्ने अन्तिम मिति २०७६ जेष्ठ १५ गतेसम्म रहेको छ भनेकार्यक्रम श्री पांच अकबरे रेस्टुरेन्ट एंड बारको प्रांगणमा जेष्ठ २१ देखि २५ गतेसम्म संचालन हुनेछ।

१८ बर्ष देखि ३५ बर्षका युवाहरुले यस कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् । उक्त कार्यक्रममा सहभागीहरुलाई फोटोग्राफी, सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रशिक्षण दिइने कुराको जानकारी दमक पब्लिक लाइब्रेरीका निर्देशक श्री भेषराज न्यौपानेले जानकारी गराउनु भयो ।