मिलिन्द सोमणकी श्रीमती अंकिता कंवरले श्रीमान् एवं नायकलाई पहिलो पटक भेट्दा आफू प्रेमीको मृत्युको शोकमा डुबिरहेको बताइन् ।

वास्तवमा यो जोडीको फोटो ह्युमन अफ बम्बे नामको इन्स्टाग्राम पेजमा सेयर गरिएको छ । यसमा अंकिताले आफ्नो सम्बन्धको कहानी पनि बताएकी छिन् । उनले उक्त पोष्टमा मिलिन्दलाई बारम्बार भेट्दा पनि आफू अतितबाट बाहिर निस्कन नसकेको र नयाँ सुरुवातका लागि ठूलो समस्याको सामना गर्नुपरेको बताइन् । अंकिता (२७) उमेरमा मिलिन्द (५३) भन्दा २६ वर्ष कान्छी छिन् । दुबैले अप्रिल २०१८ मा विवाह गरेका हुन् ।

प्रेमीको अचानक मृत्युका कारण टुटेकी थिइन् अंकिताः

अंकिता भन्छिन्, ‘मैले देश बाहिर गएर मलेशियामा क्याबिन क्रुको काम गर्ने निर्णय गरेकी थिएँ । यो त्यही समय थियो जब मेरो प्रेमीको अचानक मृत्यु भएको थियो । मन नराम्रोसँग टुटेको थियो । म फिर्ता आउन चाहन्नथेँ तर त्यसको केही महिनापछि मेरो पोस्टिङ चेन्नईमा भयो । म आफ्नो साथीसँग होटलमा बसेकी थिएँ । एक दिन मैले होटलको लबीमा अग्ला व्यक्तिलाई देखेँ । उनी मिलिन्द सोमण थिए । म उनको निकै ठूलो प्रशंसक थिएँ । त्यसकारण मैले उनलाई हेलो भने तर उनी निकै व्यस्त थिए ।’

‘केही दिनपछि होटलको नाइटक्लबमा मेरो उनीसँग भेट भयो । मैले उनलाई हेरिरहेको थिएँ र उनले पनि मलाई घुरिरहेका थिए । मेरा साथीहरुले मलाई उनीसँग कुरा गर्न उक्साए । त्यसकारण म उनी भएठाउँ गएँ र उनलाई डान्स गर्नका लागि सोधेँ । उनी सहर्ष तयार भए । त्यो एक प्रकारको आकर्षण थियो, म त्यो महसुस गर्न सक्थेँ ।’

अंकितालाई याद थिएन आफ्नो मोबाइल नम्बरः

अंकिता थप्छिन्, ‘म यो सबै कुरामा संलग्न हुन चाहन्नथेँ । त्यसकारण आफैंलाई सम्झाएँ र उनले पनि बिर्सिए होलान् भनेर मन बुझाएँ । तर उनले छुट्टिने बेला मेरो नम्बर मागे । त्यतिबेला मैले नयाँ नम्बर लिएको थिएँ जुन मलाई याद थिएन । न त मसँग फोन नै थियो । त्यसकारण उनले आफ्नो नम्बर मेरा साथीलाई दिँदै मलाई मेसेज गर्न अह्राए ।’

… र अंकितालाई लाग्यो कि मिलिन्द उनकै लागि बनेका हुन्

अंकिता थप्छिन्, ‘केही दिन बितिसकेको थियो तर मैले उनलाई दिमागबाट निकाल्न सकिरहेको थिइनँ । त्यसपछि मैले उनलाई मेसेज गरेँ र त्यसको एक हप्तापछि हामी डिनरका लागि भेट्यौं । त्यसपछि हाम्रो मेसेज र भेटले निरन्तरता पायो । तरपनि मैले आफूलाई पूर्ण रुपमा उक्त सम्बन्धलाई समावेश गर्न सकिरहेको थिइनँ । एक दिन मैले उनलाई आफ्नो अतितका कारण मेरा प्रेमी आफ्नो एक हिस्सासँग जोडिएको बताएँ । यसमा उनले भने, ‘जब मैले तिमीलाई मन पराएको थिएँ, तब तिम्रो हरेक चीजसँग प्रेम भयो । त्यो हिस्सासँग पनि, जसले तिम्रो अतितलाई भारी बनाइरहेको छ । त्यसकारण नडराउ । हामी सँगै छौं ।’ त्यसपछि मलाई लाग्यो कि उनी नै ती व्यक्ति हुन् जो मेरै लागि बनेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah