भारतीय फिल्मी जगतमा अहिले एउटा फिल्म चर्चाको केन्द्रमा छ । सलमान खान र कट्रिना कैफको भारत फिल्मले रिलिज भएको केही दिनमा नै १ सय ६७ करोडको कमाई गरेको भारतीय संचार माध्यमले बताएको छ ।

भारत फिल्ममा कट्रिनाअघि प्रियंकालाई साइन गराइएको चर्चा अत्यधिक छ । तर प्रियंका चोपडाले अन्तिम अवस्थामा फिल्म छोडेकी थिइन् जसका कारण सलमान प्रियंकासँग निकै रिसाएको पनि बताइयो । यद्यपि, पछि सलमानले आफू प्रियंकासँग नरिसाएको स्पष्टिकरण दिएका थिए ।

अब प्रियंका चोपडाले सलमानको भारतबारे यस्तो टिप्पणी गरेकी छिन् जसका कारण सलमानको रिसको पारा माथि उठ्ने अनुमान गरिएको छ ।

मंगलबार प्रियंका आफ्नो नयाँ फिल्म ‘द स्काई इज पिंक’ को एक पार्टीमा उपस्थित भइन् यसमा प्रियंकाकी आमा मधु चोपडालगायत विभिन्न कलाकारको उपस्थिती थियो । उक्त मौकामा प्रियंका चोपडाले सलमानको फिल्म भारत छोड्नुको कारण बताउँदै यसलाई नाच्ने–गाउने फिल्म बताइन् ।

प्रियंकाले भनिन्, ‘सबैले मलाई मेरो निर्णयबारे सोध्थे, आखिर किन यस्तो गरेको भन्थे । मलाई नाच्ने गाउने, तडकभडकयुक्त फिल्म किन छोडेँ भनेर पनि सोधिन्थ्यो । कतिले मलाई म किन १८ वर्षको बच्चाको आमाको भूमिका निभाउन राजी भएँ भनेर पनि सोध्थे ।’

उनले भारतलाई छोडेर द स्काई इज पिंक रोज्नुको कारणबारे बताउँदै यसमा सोनालीको आइडिया मनपरेको बताइन् । उनले भनिन्, ‘म सोनालीको कारण नै फिल्ममा काम गर्न राजी भएँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah