काठमाडौं : बेलायत अन्डरसट निवासी नेपाली चेली प्रतिष्ठा ‘तृष’ राउत ‘मिस इङ्ल्यान्ड’को फाइनलमा पुगेकी छन्। उनका बुवा बिट्रिस गोरखा हुन्। प्रतिष्ठा हङकङमा जन्मेकी थिइन्। २५ वर्षीया प्रतिष्ठा आर्किटेक्ट डिजाइनमा रुचि राख्छिन्।

उनी सेमिफाइनलबाट अन्तिम प्रतिस्पर्धाका लागि ४० मध्येबाट छनोट भएकी हुन्। फोटो हिट चरण पार गरेर उनी सेमिफाइनलमा पुगेकी थिइन्। १७ वर्षको उमेरदेखि नै मोडलिङमा लागेकी प्रतिष्ठा मिस इङ्ल्यान्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मिस इङ्ल्यान्डमा भाग लिन २० हजारभन्दा बढीले आवेदन दिएका थिए। उनी सेमिफाइनलमा इको डे«स राउन्ड, लिटल ब्ल्याक ड्रेस राउन्डलगायतका तीन राउन्ड पार गर्दै फाइनलमा पुगेकी हुन्। पब्लिक भोटले उनलाई पब्लिसिटी क्विन उपाधि दिलाएको थियो।

उनले पढेर सिक्नेभन्दा पनि आफूमा गरेर सिक्ने बानी भएको बताएकी छन्। मिस इङ्ल्यान्डको फिनालेपछि उनले नेपाली समाजमा मेन्टल हेल्थको क्षेत्रमा काम गर्ने चाहना भएको जानकारी दिइन्। मिस इङ्ल्यान्डको ग्रान्ड फिनाले जुलाई ३१ र अगस्ट १ मा हुनेछ। अन्नपूर्ण पोस्ट बाट साभार