कंगना रनावतको आगामी सिनेमा 'मेन्टल है क्या'को नाम परिवर्तन गरिएको छ। सिनेमाको नयाँ नाम 'जजमेन्टल हे क्या' हुने भएको छ।

सिनेमामा कंगना र राजकुमार रावले प्रमूख भूमिकामा अभिनय गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केन्द्रिय फिल्म प्रमाणन बोर्डले सिनेमाको नाममा आपत्ती जनाएपछि सिनेमाका निर्माताले नाम परिवर्तन गरेका हुन्। सिनेमाको पोस्टर सार्वजनिक भएलगत्तै मानिसहरूले सामाजिक संजालमा पनि सिनेमाको नामप्रति आपत्ति प्रकट गरेका थिए।

सिनेमा २६ जुलाईमा रिलिज हुँदै छ। सिनेमाले मानसिक रूपमा बिरामी मानिसहरूको संवेदनशिलतालाई आफ्नो कथा बनाएको छ।