#


अमिताभले आफ्नो सबै सम्पत्ति अभिषेकलाई नदिने !

    २०७६ असार २४, मंगलवार १६:५० मा प्रकासित

एजेन्सी । धेरैका मन र मस्तिष्कमा बसेका बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो निजि सम्पत्ति बाँडफाँडको विषयलाई खुलेरै सामाजिक सञ्जालमा व्यक्त गरेका थिए ।  बलिउड उद्योगमा फिल्मलाई मात्र होइन अमिताभ बच्चनले आफ्नो पारिवारिक स्थितिलाई पनि निकै उदाहरणीय तवरले सम्हालेर रोखेका छन् ।

उनी लैङ्गिक समानता पक्षधर हुन् भन्ने कुरा उनले ‘रियल’ र ‘रिल’ दुवै जिन्दगीमा प्रमाणित गरेका छन् । उनीे आफ्नो सम्पत्तिको हकदार पनि छोरा र छोरी दुवैलाई बराबर मान्छन् । उनले आफ्नो सम्पत्ति अभिषेक र श्वेतालाई बराबर बाडिँदिने घोषणा समेत गरेका थिए । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यो कुरा सार्वजनिक गरेका थिए।  ट्विटरमा उनले भनेका थिए, ‘जब म मर्नेछु र जे–जे छोडेर जानेछु ती सबै मेरो छोरा र छोरी दुवैलाई बराबर बाडिँनेछ ।’

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु