बलिउडका साथै हलिउडमा पनि आफ्नो स्थान बनाउने ग्लोबल आइकन प्रियंका चोपडाको आज (१८ जुलाई) मा जन्मदिन हो । प्रियंका चोपडाले जुन सफलता हात पारेकी छिन् त्यो हरेक युवतीका लागि प्रेरणादायी छ । उनको जन्मदिनको मौकामा उनीबारे केही रोचक तथ्य थाहा पाऔंः

पितासँगको सम्बन्धः प्रियंका चोपडाको जन्म जमशेदपुरमा १८ जुलाइमा भएको थियो । उनकी आमा मधु चोपडा र पिता अशोक चोपडा आर्मीमा डाक्टर थिए जसका कारण उनको विभिन्न स्थानमा ट्रान्सफर भइरहन्थ्यो । उनका पिता अब यो दुनियाँमा छैनन् । प्रियंकाले बुवाको अक्षरमा आफ्नो हातमा ट्याटु बनाएकी छिन्, जसमा लेखिएको छ, ‘ड्डाडिज लिटिल गर्ल ।’

भाइको दबाबमा आमाले पठाएकी थिइन् प्रतियोगिताका लागि फोटो: भारतीय मिडिया भास्करका अनुसार प्रियंका चोपडाकी आमाका अनुसार प्रियंका बाल्यकालदेखि नै निकै होसियार थिइन् र उनकी हजुरआमाको उनीमाथि निकै प्रभाव परेको छ । प्रियंका जब १७ वर्षकी थिइन् तब उनका भाइ सिद्धार्थको दबाबमा उनकी आमाले प्रियंकाको घरमा भएका केही फोटो मिस इन्डिया प्रतियोगिताका लागि पठाएकी थिइन्, त्यसपछि सबैकुरा परिवर्तन हुँदै गयो ।

सन् २००० मा पाइन् विश्व सुन्दरीको उपाधि: सन् २००० मा प्रियंका विश्व सुन्दरी बनिन् त्यसपछि उनले सन् २००२ मा तमिल फिल्ममा अभिनय गरिन् । सन् २००४ मा प्रियंका चोपडाले फिल्म ‘मुझसे शादी करोगी’ मा अभिनय गरिन् जसमा उनले व्यवसायिक सफलता हासिल गरिन् । त्यसै वर्ष प्रियंकाको फिल्म ऐतराज आयो जसमा उनले नेगेटिभ भूमिका निभाएकी थिइन्, यसमा उनको अभिनयले निकै तारिफ गर्यो ।

सौन्दर्य प्रशासनमा गर्छिन् लाखौं खर्चः एक रिपोर्टलाई मान्ने हो भने प्रियंका आफू सुन्दर देखिन हरेक महिना लगभग एक लाख भारु खर्च गर्छिन् । उनी नियमित रुपमा फोम स्किन क्लिंजर, स्किन क्रिम र चाउरीबाट बच्नका लागि आइ कन्सनट्रेटको प्रयोग गर्छिन् । साथै उनको कपाल, नङलगायतमा निकै खर्च हुन्छ ।

यी नायकसँग जोडिएको थियो नामःप्रियंका चोपडाको नाम विवाहित नायकसँग पनि जोडिइसकेको छ । ऐतराजपछि उनको र अक्षय कुमारको लिंकअपको खबर पनि आएको थियो । यस्तै, शाहरुख खानसँग पनि उनको अफेयरको चर्चा भइसकेको छ । यसबाहेक, शाहिद र प्रियंकाकमो डेटिङको खबर पनि आइसकेको छ ।

निक जोनससँग गरिन् भव्य विवाहःसन् २०१८ मा प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग भव्य विवाह गरिन् । जोधपुरको उम्मेद भवन प्यालेसमा उनको विवाह चर्चाको विषय बन्यो । उनीहरुले हिन्दु र क्रिस्चियन परम्परामा विवाह गरेका छन् ।

पैसालाई महत्व दिन्छिन्ः प्रियंका चोपडा फोर्ब्सको सूचीमा सुचिकृत हुने पहिलो भारतीय नायिका हुन् । सन् २०१८ को एक रिपोर्ट अनुसार उनको कुल सम्पत्ति श्रीमान् निक जोनसभन्दा धेरै थियो । एक अन्तरवार्ताको क्रममा चोपडाले आफूलाई पैसाको महत्व राम्रोसँग थाहा भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘बाल्यकालमा यस्तो दिन पनि थियो कि जब हाम्रो जुत्ता च्यातिन्थ्यो तब नयाँ किन्न सक्ने स्थिती नभएकाले जुत्ता सिलाएर लगाइन्थ्यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय