निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बिच भैरहेको लफडामा नयाँ मोड आएको छ । छविराज ओझाकी जेठी श्रीमती हेमा ओझा (५३ वर्षिय) ले श्रीमान छविराज ओझा र छविराजकी कान्छी श्रीमती शिल्पा पोखरेल बिरुद्ध बहुबिवाहको मुद्धा चलाएकी छिन् ।

दुई सन्तान (२ छोरा) की आमा हेमाले श्रीमान ओझा र सौता पोखरेले बिरुद्ध आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको मुद्धा दायर गरेकी हुन् । अधिकवत्ता स्वागत नेपाललाई लिएर हेमाले छवि र शिल्पा विरुद्ध बहुविवाहको मुद्धा दायर गरेकी हुन् । पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पा बिरुद्ध बहुविवाहको मुद्धा हालेको हेमाले निवेदनमा खुलाएकी छिन् ।

 

रमाइलो छ बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय