एकपछि अर्को गर्दै फ्लप फिल्म दिइरहेकी बलिउड अभिनेत्री परिणीति चोपडा सोलो हिट फिल्मा दिनका लागि आत्तिएकी छिन् । फिल्ममा पाएको असफलतापछि परिणीति बलिउडबाट गायबजस्तै बनेकी थिइन् केही समय ।

 

झण्डै डेढ वर्षपछि उनी बलिउडमा फर्किन् । त्यसपछि चर्चा हुन थाल्यो । दावद ए इश्क, किल दिल, मेरी प्यारी बिन्दु, नमस्ते इङ्ल्याण्ड जस्ता फिल्म असफल भएपछि हराएकी परिणीति पछिल्लो समयमा भने चर्चामा छिन् ।उनले शीर्ष भूमिका निभाएका फिल्म हँसी तो फसी, इसकजादे लगायतले भने खुबै चर्चा कमाए । फिल्म नचलेर एकाएक हराएकी परिणीती सामाजिक सञ्जालमा शेयर गरेका बिकिनी तस्वीरका कारण चर्चामा आएकी थिइन् । पछिल्लो समय भने उनी आगामी प्रोजेक्ट जबरिया जोडीका कारण चर्चामा छिन् । अब उनी चाहन्छिन् कि, सजिलो भूमिकामा आफूलाई प्रस्तुत गर्न नपरोस् । फिल्मले चर्चा दिलाओस् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय