बलिउड नायिका दिया मिर्जाले साहिल सांघासँगको आफ्नो ११ वर्ष लामो वैवाहिक सम्बन्ध तोडेको घोषणा गरेकी छिन् । दिया र साहिलले बिहिबार एक संयुक्त वक्तव्य जारी गर्दै यी दुईले आफ्नो वैवाहिक सम्बन्ध तोडेको इन्स्टाग्राममार्फत् घोषणा गरेका हुन् ।

 

उक्त वक्तव्यमा लेखिएको छ, ‘११ वर्षको साझेदारीपश्चात् हामीले अन्ततः आपसी सहमतीमा छुट्टिने निर्णय गरेका छौं । हामी साथीको रुपमा रहिरहनेछौं र एक–अर्काप्रतिको माया र सम्मान सधैं कायम राख्ने प्रतिबद्धता व्यक्त गर्छौं । हाम्रो यात्रा अब भिन्न रहेपछि हामी जुन सम्बन्धमा बाँधिएका थियौं त्यसप्रति हामी सधैं कृतज्ञ रहनेछौं । हामी आफ्ना साथीभाइ र आफन्तलाई उहाँहरुको माया र समझदारीका लागि धन्यवाद दिन्छौं । साथै, मिडियाका प्रतिनिधीप्रति उहाँहरुको निरन्तर सहयोगका लागि आभार प्रकट गर्दछौं । यतिबेला हामीलाई चाहिएको गोपनियताको सम्मानका लागि सबैमाझ आग्रह पनि गर्छौं । यसबारे आइन्दा हामी केही पनि प्रतिक्रिया दिनेछैनौं ।’

उनीहरुको यस्तो घोषणाले धेरैलाई चकित बनाएको छ । यद्यपि बलिउडका सेलिब्रिटी रिचा चड्डा, राहुल देव, संजय सुरीलगायतका थुप्रै उनीहरुको समर्थनमा उत्रिएका छन् । ‘रेहेना हे तेरे दिल मे, संजु, लगे रहो मुन्ना भाइ’ लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी दिया मिर्जाले आफ्नो लामो समयदेखिका बिजनेस पार्टनर साहिल सांघासँग सन् २०१४ को अक्टोबरमा विवाह गरेकी हुन् ।

आमिर खान, रिना दत्तः

आमिर खानले पहिलो विवाह रिना दत्तसँग गरेका थिए । उनीहरु १६ वर्ष सँगै बसे । सन् १९८६ मा भागेर विवाह गरेका थिए । सन् २००२ मा आमिर खानले सम्बन्धविच्छेदको निवेदन दिए र रिनाले आफ्ना दुई सन्तान जुनैद र इराको कस्टडी लिइन् । आमिरले रिनासँगको सम्बन्धविच्छेद निकै पीडादायी भएको बताउने गर्छन् । सन् २००२ मा आमिर खानले किरण रावसँग विवाह गरे । किरण राव लगान फिल्मकी सहायक निर्देशक हुन् । यी दुईका आजाद राव खान नामका छोरा छन् ।

फरहान अख्तर, अधुना भवानीः

फरहान अख्तर र अधुना भवानीले सन् २०१६ मा आफ्नो १६ वर्षे वैवाहिक सम्बन्ध तोड्ने निर्णय गरे । यी दुईले तीन वर्षको लामो सम्बन्धपछि सन् २००० मा विवाह गरे । कतिलाई थाहा नहोला तर फरहानले निर्देशकको रुपमा डेब्यु गरेको फिल्म दिल चाहता हे अधुनाको पनि बलिउड हेयरस्टाइलिस्टको रुपमा परिचित गराउने पहिलो डेब्यू फिल्म थियो । यो जोडीले एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै आफूहरुले सम्बन्धविच्छेल गरेको जानकारी दिएका थिए । यी दुईका शाक्या र अकिरा नामका दुई छोरी छन् । अहिले फरहान शिवानी दन्डेकरसँगको सम्बन्धमा छन् ।

अर्जुन रामपाल​, मेहर जेसियाः

कुनै बेलाका सुपरमोडल अर्जुन रामपाल र मेहर जेसियाले सन् २०१८ मा सम्बन्धविच्छेद गरे । केही समयसम्मको डेटिङपछि मेहर र अर्जुनले सन् १९९८ मा विवाह गरे । यी दुईको सम्बन्धविच्छेद हुनुको पछाडि अर्जुनको ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानसँगको सम्बन्ध बताइन्छ तर यसबारे उनीहरुले कहिले पनि प्रतिक्रिया जनाएनन् । यो वर्षको अप्रिलमा अर्जुनले आफ्नी प्रेमिका गेब्रिएला गर्भवती भएको बताएपछि सबैजना चकित परेका थिए । अहिलेको कुरा गर्नुपर्दा अर्जुन र उनकी दक्षिण अफ्रिकी प्रेमिकाले जुलाई १८ मा आफ्नो पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएका छन् ।

ऋतिक रोशन र सुजैन खानः

ऋतिक रोशनले सुजैन खानसँग सन् २००० मा विवाह गरे । डिसेम्बर २०१३ मा उनीहरुले आफूहरु छुट्टिएको कुरा सार्वजनिक गरेका थिए । उनीहरुको सम्बन्धविच्छेद सन् २०१४ को नोभेम्बरमा फाइनल भयो । सम्बन्धविच्छेद पछि पनि यी दुईलाई आफ्ना छोरा ऋहान र ऋदानसँग धेरैजसो सँगै देखिन्छ ।

अरबाज खान, मलाइकाः

अरबाज खान र मलाइकाले सन् १९९८ मा विवाह गरेका थिए । सन् २०१६ मा सम्बन्धविच्छेद गरेका यो जोडीको विवाह भएको १८ वर्ष बितिसकेको थियो । यी दुईको सम्बन्धविच्छेदको खबरले सन् २०१७ मा धेरैलाई चकित पारेको थियो । आधिकारिक रुपमा छुट्टिइसकेपछि पनि यी दुईबीचको सम्बन्ध निकै आत्मीय छ । यी दुईका एक्ला छोरा अरहानको कस्टडी मलाइकाले लिएकी छिन् । अहिले अर्जुन कपुरसँगको डेटिङमा रहेकी मलाइकाले अर्जुनको जन्मदिनमा उनीसँगको सम्बन्धबारे स्विकार गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah