आफ्नो बेजोड अभिनय र कमिक टाइमिङका कारण चर्चित अभिनेता गोविन्दा ९० को दशकका हिट अभिनेता मध्यका एक हुन् । उनले बलिउडमा धेरैजसो फिल्म निर्देशक डेभिड धवनसँग काम गरेका छन् ।

तर केही वर्षदेखि यी दुईबीचको सम्बन्ध बिग्रिएको छ । हालै गाेविन्दाले डेभिड धवनसँगको सम्बन्धका बारेमा खुलेर कुराकानी गरेका छन् ।

गोविन्दाले हालै एक टेलिभिजन शो मा आफ्नो जीवनका कैयौँ तिता मीठा भोगाइहरुका बारेमा खुलेर बोलेका छन् । यसै क्रममा गोविन्दाले डेभिड धवनसँगको मनमुटावका विषयमा पनि कुरा गरे । डेभिड धवनसँगको मनमुटावबारे कुरा गर्दै गोविन्दाले उनका आफ्नै छोरा वरुण धवनले पनि उनीसँग १७ वटा फिल्ममा काम नगर्ने बताए।

गोविन्दाले भने, ‘मैले आफ्ना आफन्तहरुसँग पनि त्यस्तो सम्बन्ध निर्वाह गरिनँ जुन डेभिड धवनसँग गरेँ । मेरो आफ्नै भाइ निर्देशक छ तर पनि मैले उसँग अहिलेसम्म १७ फिल्ममा काम गर्न सकेको छैन । तर पनि म बाट के अपेक्षा गरिरहेका छन् त्यो म बुझ्न सकिरहेको छैन ।’

गोविन्दाले डेभिड धवनसँग कुराकानी बन्द गरेको विषयमा भने, ‘उनी मसँग प्रश्न सोध्न त्यतिबेला लायक बन्नेछन्, जब उनी आफ्ना छोरासँग १७ वटा फिल्ममा काम गर्नेछन् । तर मलाई लाग्दैन कि उनका छोरा वरुण धवन उनीसँग १७ वटा फिल्ममा काम गर्नेछन् । किन कि उनी पढेलेखेका छन् । कुनै कलाकारसँग १७ वटा फिल्म बनाउनुको अर्थ के हुन्छ, त्यो मैले बुझ्न सकेको थिइनँ ।’

गोविन्दाले डेभिडसँग बोल्न छोड्नुको कारण बताउँदै भने, ‘केही समय अघि म राजनितीमा सक्रिय थिएँ । तर मैले पछि राजनीतिबाट सन्यास लिने निर्णय गरेँ । राजनीतिबाट बाहिर आएपछि मैले मेरो सेक्रेटरीलाई डेभिडसँग कुरा गर्न भनेँ । उनी मसँगै थिए त्यसैले मैले उनलाई फोन स्पीकरमा राख्न भनेँ किन कि डेभिडले भनेका कुरा म आफैँ सुन्न चाहन्थेँ । त्यतिबेला डेभिड उताबाट भनिरहेका थिए- ‘चीची (गोविन्दा) अचेल धेरै प्रश्न सोध्ने भएको छ । त्यसैले म उसँग काम गर्न चाहन्न । उसलाई कतै सानातिना भूमिका मिलिहाल्यो भने त्यसैमा काम गर्नु भनिदिनू ।’ त्यो कुरा मेरो मनमा बिझ्याे र म निकै दुखी भएँ। त्यही बेलादेखि मैले उनीसँग बोल्न छोडिदिएँ ।’

गोविन्दा र डेभिड धवनले एकसाथ फिल्म ‘राजा बाबु’, ‘कुली नम्बर १’, ‘साजन चले ससुराल’, ‘हिरो नम्बर १, ‘जोडी नम्बर १’ जस्ता फिल्ममा काम गरेका थिए । डेभिडले धवन छिट्टै नै फिल्म ‘कुली नम्बर १’ को रिमेक बनाउने भएका छन् । यस फिल्ममा उनी छोरा वरुण धवनसँग काम गर्नेछन । फिल्ममा वरुण धवनको जोडीको रुपमा अभिनेत्री सारा अली खान हुनेछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah