पछिल्लो समयमा उदायिमान गायिका तारा थापाको स्वरमा निकै नै मीठो तिज गित ''रातो गलबन्दी '' बजारमा आएको छ ।

महिलाको हरुको महान पर्व तिज नजिकिँदै गर्दा फरक - फरक शैलिमा तिजगितहरु आईरहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मौलिकता लाई गितको माध्यम द्वारा लयबद्द रुपमा ब्यक्त गर्ने शैलिको बिकास यत्र तत्र देख्न सकिन्छ ।

प्राय महिला दिदिबहिनी हरुले बर्षभरिमा भोगेका दुखहरुलाई बिर्सेर माईतिको आगनमा रमाईलो गर्दै भावनाहरु भाकाको माध्यम द्वारा सयर गर्ने गर्दछन्। जुन गितका रुपमा अभिव्यक्त गरिएको देख्न सकिन्छ ।

मौलिकता लाई जगेर्ना गर्न र वर्तमान समयमा महिला दिदिबहिनी हरुको भावना गुनगुनाउने जमर्को यस गितमा समेत गरिएको छ।

रातो गलबन्दी गितका लागि निर्देशक मदन खड्काले निर्देशन तथा गितको रेकर्डिङ्ग माला श्री स्टुडियोले गरेको हो भने म्तुजिक भिडियोमा मोडेल हरु क्रमश : लेखनाथ,करिष्मा ढकाल र रमिला रोक्का को मनै लोभ्याउने नृत्य देख्न सकिन्छ

उक्त तिजगितको बजार ब्यबस्थापन भने शिव दर्शन फिल्म प्रा. लि . ले गरेको हो ।

गितको म्युजिक भिडियो हेर्नुहोस् :