मुम्बई । बलिउड अभिनेत्री राखी सावन्तको विवाहको समाचार तस्बिरसहित गत साता आउँदा उनले खन्डन गरेकी थिइन् । आफूले एउटा विज्ञापनका लागि बेहुलीका रूपमा मोडलिङ गरेको राखीले बताएकी थिइन् । तर, यतिबेला उनी सिन्दूर लगाएर मंगलसूत्र र चुरासहित विवाहित नारीको भेषमा हिँडेको तस्बिर सञ्चारमाध्यमले बाहिर ल्याएका छन् । उनका हनिमुनका केही फोटोसमेत बाहिरिएका छन् ।
हनिमुनको फोटो बाहिर आएपछि राखी चुप भइन् । अन्ततः उनी आफैंले हनिमुनका थुप्रै फोटो इन्टाग्रामबाट सार्वजनिक गरिन् । गैरआवासीय भारतीय नागरिक रितेससँग उनले विवाह गरेको चर्चा छ । यसबारे राखीले अझै केही बताएकी छैनन् ।



