काठमाडौं – बलिउड अभिनेत्री कंगना रनावतको नयाँ फिल्म धाकडको टीजर भिडियो सार्वजनिक भएको छ । टीजर हेर्दा कंगनाले शक्तिशाली एक्सन अवतार देखाएको स्पष्ट हुन्छ । फिल्मको निर्देशन रजनीश राजी घईले गरेका छन् । सोहिल मकलाईले फिल्म निर्माण गरेका हुन् । फिल्म सन् २०२० को तिहारमा रिलिज हुनेछ ।

कुल ४५ सेकेन्डको टीजरमा आगो र गोलीको आवाज सहित डार्क सीनहरू देखिन्छ । आगोका लप्काबीच कंगनाले कसैलाई गोली हानेको देखिन्छ । कंगना पनि रगतले लतपतिएकी देखिन्छिन् । अनुहारमा क्रोध अनि निडर भाव देखिन्छ । उनको एक्सन अवतार रोमाञ्चकारी छ ।

कंगनाले आफ्नो भूमिकामा परीक्षण गरिरहेकी हुन्छिन् । कंगना टीमको इन्स्टाग्राम अकाउन्टमा भिडियो देख्न पाइन्छ ।

हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै यस फिल्मका बारेमा कंगनाले भनिन्, ‘टीजरका लागि प्रयोग गरिएका बन्दूक असली र भारी थिए । एउटा बन्दूक उठाउँदा पनि मेरो पूरै शक्ति खर्च भयो । मेरो संघर्ष देखेर निर्देशक हाँसे । फिल्मको शूटिङका बेलामा उनले मलाई डम्मी गन चलाउन देलान् भन्ने आशा छ ।’

फिमेल लीडको एक्सन फिल्म भारतमा कमै बन्छ । फिल्मको शूटिङ भारतका अनेकौं लोकेसन अनि थाइल्यान्ड र हङकङमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah