वासिङ्टन : सेलिब्रिटीहरु आफ्नो उमेरबारे खासै खुलेर बोल्न चाहँदैनन् भनिन्छ । अझै अभिनेत्रीहरुको सवालमा यस्तो कुरा गस्सिप नै हुने गर्छ ।

अमेरिकी अभिनेत्री सलमा हयाक भने पछिल्लो समय आफ्नो उमेर र बुढ्यौलीपनबारे खुलेर बोलेकी छन् । आगामी सेप्टेम्बर महिनाको २ गते उनी ठ्याक्कै ५३ वर्ष पुग्छिन् । तर उनी यति पाको भने देखिन्नन् । मिडियासँगको कुराकानीको क्रममा उनले आफू बूढो भएकोमा कुनै गुनासो नरहेको प्रतिक्रिया दिएकी छन् ।

पहिले पहिले भने सलमाले उमेर बढ्नेमा चिन्तित बन्ने गरेको स्मरण गरिन्, ‘म अझै सम्झन्छु कि, २० वर्षजति हुँदा ३० वर्षको बन्नै चाहन्नथेँ ।’ अमेरिकामा अभिनेत्रीहरु ३० वर्ष पुगेपछि नै आकर्षण घट्ने भनिने गरेको सम्झँदै उनले त्यसबेला उमेरबारे डर लाग्ने गरेको बताउँछिन् ।

उनले थपिन् , ‘तर अहिले म बुढो हुँदै गरेकोमा चिन्तित छैन । जब म ४०, ५० वर्ष हुँदैआएँ, यसमा खासै वास्ता भएन ।’ मेक्सिकोमा जन्मिएकी सलमा सानैदेखि फिल्ममा काम गर्ने सपना भएको बताएकी थिइन् । साथै आफू जोखिम लिनसक्ने अभिनेत्री भएको पनि उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah