एजेन्सी– आफ्नो सुरुवाती दिनमा अनेक संघर्ष गरेकी बलिउड अभिनेत्री कंगना रनौटले तीन पटक नेसनल अवार्ड पनि जितिन् । तर, उनी बलिउडमा प्रतिभाको कुनै महत्व नरहेको बताउँछिन् ।

‘अब त म आत्तिइसकेको छु,’ उनले भनेकी छिन्, ‘म सुरुमा जब बलिउडमा आएँ, त्यति बेला मलाई लागेको थियो कि यहाँ प्रतिभाको कदर हुन्छ, आफूले आफैंलाई प्रमाणित गर्न पाइन्छ ।’

त्यसपछि आफूले निकै संघर्ष गरेको र अगाडि बढेको तर प्रतिभाको खास कुनै महत्त्व नभएको उनले बताएकी छिन् । ‘यो क्षेत्रमा प्रतिभाको कुनै महत्त्व रहेनछ,’ उनले भनेकी छिन् ।

उनले बलिउडमा सत्ताको राजनीति गर्ने र माफियातन्त्र हावी भएको दाबी गरेकी छिन् । यस्ता व्यक्तिले त्यहाँ अनेक जाल बुनेको पनि उनले बताएकी छिन् ।

समयसमयमा विवादमा घेरिने अभिनेत्री कंगना सन् २०१७ मा चर्चामा आइन् जब उनले फिल्म निर्मार्ता करण जौहरलाई असहिष्णु र भाइभतिजालाई प्रश्रय दिने आरोप लगाइन् ।

कंगनाले बलिउडमा रहेको नराम्रो सिस्टम तोड्न आफूले कडा कदम उचालेको पनि बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय