काठमाडौं- बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो फेसनेबल शैलीका कारण सधैं चर्चामा हुन्छिन्। हाल प्रियंकाका केही तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। तस्बिहरूमा प्रियंकाको ग्ल्यामरस लुक देख्न सकिन्छ।

प्रियंकाका यी तस्बिर उनको आफन्तको बर्थ डे पार्टीमा खिचिएका हुन्। उक्त बर्थडे पार्टीमा प्रियंका आफ्नो पति निक जोनससँग गएकी थिइन्। जन्मदिन प्रियंकाको जेठानको थियो। पार्टीमा प्रियंका कालो रंगको छोटो पोशाकमा गएकी थिइन्। हाई हिल र खुला कपाल प्रियंकालाई निकै सुहाएका थिए।

पार्टीमा प्रियंका निक जोनसको हात समाइरहेको देख्न सकिन्छिन्। प्रियंका र निक जोनले डिसेम्बर २०१८ मा विवाह गरेका हुन्।




