नयाँदिल्ली : पाकिस्तानमा ‘पर्फम’ गर्न मिका सिंहमाथि अल इन्डिया सिने वर्कर्स एसोसिएशन र फेडेरेशन अफ वेस्टर्न सिने एम्पलाईले बन्देज लगाए । जब कि, शुक्रबार उनीहरुले माफी समेत मागे । तर भारतीय सिरियल ‘भावीजी घर पर हैँ’मा प्रमुख भूमिका निभाएकी अभिनेत्री शिल्पा सिन्देले विवादास्पद अभिव्यक्ति दिएकी छन् ।

पाकिस्तानले स्वागत गरेको खण्डमा आफू त्यहाँ पुगेर जसरी पनि पर्फम गर्ने बताएकी छन् । यसका लागि कसैले रोक्न नसक्ने भन्दै शिल्पाले चेतावनी दिएकी छन् । जहाँ उनले ती संस्थाको नाम नै लिएर चेतावनी दिएकी छन् । एक भिडियो समेत सार्वजनिक गर्दै शिल्पाले यसबारे कडा प्रतिक्रिया दिइन् ।
पाकिस्तानमा पर्फम गर्ने आफ्नो हक भएको भन्दै ‘कसैको बाउ’ले रोक्न नसक्ने उनको चेतावनी छ । आफू एक कलाकार भएको र कलाकारलाई कसैले रोक्न नसक्ने उनको भनाइ छ ।
आफूले सडकमै स्टेज बनाएर समेत पर्फम गर्नसक्ने भन्दै शिल्पाले कसैसँग् आफूलाई डर नलाग्ने चेतावनी दिएकी थिइन् । शिल्पाले पाकिस्तानमा आफ्ना प्रसंशक भएको पनि भिडियोमा बताएकी छन् । जसले ‘बिग बोस’ जिताएको उनको विश्वास थियो । पाकिस्तानमा जन्मिएकी अभिनेत्री शिल्पा सिन्दे भारतबाट प्रशारण हुने रियालिटी शो ‘बिग बोस’ विजेता पनि हुन् ।



