काठमाडौं –‘मारुनी’ शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । फिल्मले शुक्रबार भन्दा शनिबार राम्रो ब्यवसाय गरेको निर्माण पक्षले जनाएको छ ।

‘फिल्मले शनिबार देशभर नै राम्रो ब्यवसाय गरेको छ’ निर्माता पुनम क्षेत्री गौतमले भनिन् ‘ शनिबार काठमाडौको सबै हलमा दर्शक देखिए ।’ उनले थपिन् ‘गोपिकृष्ण हलमा फिल्ममा भने दर्शक भरिभराउ थियो ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिबार दर्शक प्रतिक्रिया बुझ्न अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, अभिनेता पुष्प खड्का, अभिनेत्री रेविका गुरुङ, निर्मात्री पूनम गौतम, निर्देशक नवल नेपाल लगायतको टोली गोपिकृष्ण हलमा पुगेको थियो । सोही क्रममा दर्शकबाट साम्राज्ञीलाई जोगाउन निर्माण युनिटलाई हम्बेहम्बे पर्यो ।

सोही क्रममा दर्शकले अभिनयको तारिफ गर्दै साम्राज्ञीसँग सेल्फि खिचाउन तछाड मछाड गरेका थिए । साम्राज्ञी गोपीकृष्ण हलमा ४ बढीगाडको सुरक्षा सहित पुगेकी थिइन् ।

उक्त अवसरमा साम्राज्ञी, अभिनेता पुष्प खड्काले दर्शकको माया पाउदा निकै खुसी लागेको प्रतिक्रिया दिए ।

निर्मात्री पूनम गौतमले शनिबारको ब्यवसायबाट आफु उत्साहित भएको बताइन् । वर्ड अफ माउथ पब्लििसिटीले आइतबारबाट अझ दर्शक बढ्ने उनले बिश्वास ब्यक्त गरिन् ।

दर्शकले फिल्मको कथावस्तु, प्रस्तुति, क्लाइमेक्सको दृश्य र सस्पेन्स पाटोलाई मन पराएको उनको भनाई रहेको छ ।