काठमाडौं- मिडिया हबसँगको विवादपछि ‘भद्रगोल’बाट छुट्टिएका कलाकारहरूले नयाँ टेलिसिरियल ल्याउने भएका छन् ।
अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोज’, मधुसुदन पाठक ‘सीते बा’लगायतका २१ जना कलकारहरू अब ‘सक्किगोनि’ मार्फत पुन: टेलिभिजनको पर्दामा देखिने भएका छन् ।
बुधवार मधुसुदन पाठक ‘सीते बा’ले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस राख्दै यसबारे जानकारी गराएका हुन् ।
उनले लेखेका छन्, ‘थप जिम्मेवार बन्दै, नया चुनौतीका साथ, दर्शकहरूको साथ र मायाको अपेक्षा राख्दछौं ..सक्किगोनि अब !’
असोज २ गतेदेखि नेपाल टेलिभिजनमा बिहीवारदेखि ‘सक्किगोनि’ हेर्न पाइनेछ ।
https://www.facebook.com/madhusudhan9851010142/posts/2504131262985278



