जेनिफर लोपेज अमेरिकाकी चर्चित गायिका तथा अभिनेत्री हुन्। सन् २००० अर्थात् आजभन्दा १९ वर्ष अगाडि उनले ग्रामी अवार्डमा लगाएको पहिरन भाइरल बनेको थियो।

त्यसबेला भाइरलको ट्रेन्ड थिएन । यद्यपी मानिसहरुले उनले लगाएको आकर्षक पहिरन गुगलमा करोडौंपटक खोजीखोजी हेरेका थिए। त्यसको १९ वर्षपछि आजको दिनसम्म आइपुग्दा उनले लगाएका त्यस पहिरनको डिजाइन विश्व बजारमा निकै प्रचलित छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यही डिजाइन नभए पनि त्यस्तै त्यसकै परिस्कृत भर्सन यतिबेला हामी देख्न सक्छौं। हालै जेनिफर लोपेज जो यतिबेला ५० वर्षकी भइन् उनले स्प्रिङ २०२० मिलान फेसन विकमा १९ वर्ष अगाडि लगाएकैजस्तै पहिरन लगाएकी छिन्।