चर्चित लोकदोहोरी गायक बद्री पंगेनी र गायिका कला लम्सालको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । ‘धानको चामल बोलको नयाँ लोकदोहोरी गीतमा रमेश बिजीको शब्द र तिलक ओलीको संगीत रहेको छ ।
यस गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका चर्चित नायक निखिल उप्रेती नाचेका छन् । उनीसंगै कला लम्सालको पनि दमदार अभिनय रहेको छ ।
भिडियोमा अरुण अशोक कुमारको छायाकंन ,मिलन विश्वकर्माको सम्पादन र शिव विकको कोरियोग्राफी तथा निर्देशन रहेको छ । नायक निखिल उप्रेतीले अभिनय गरेको यो भिडियो दर्शकले निकै मनपराएका छन् ।
हेर्नुहोस भिडियो:



