काठमाडौं। प्रर्दशनको पहिलो दिन नै रेकर्ड राख्न सफल चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’भव्यताका साथ प्रदर्शन भईरहेको छ ।

चलचित्रले पहिलो दिनमा १ करोड ४७ लाखको व्यापार गरेको थियो भने प्रदर्शनको दोस्रो दिनमा चलचित्रले १.७८ करोडको ग्रस कलेक्सन गर्दै नेपाली बक्सअफिसमा नयाँ रेकर्ड राख्न सफल भएको हो । आज तेस्रो दिन यो चलचित्रको ब्यापार ४ करोडमाथी पुगेको छ ।

साँझसम्मको रिपोर्ट सार्वजनिक नभएपछि विहानसम्मको टिकट विक्री अनुसार यो चलचित्रको आजको कमाइ हिजोका दिनमा जस्तै रहेकाले यसको ब्यापार साढे चार करोडको हाराहारीमा पुग्न सक्ने वितरक कम्पनी स्टेशन फाइभले जनाएको छ ।

शुक्रवारको व्यापार र बलियो वर्ड अफ माउथलाई मध्यनजर गर्दै शनिवार देशैभर चलचित्रको लागि हल र शोज थपिएको थियो । आइतबार पनि चलचित्रको व्यापार राम्रो भएको निर्माण पक्षले जानकारी दिएको छ ।

दर्शकमाझ स्थापित पात्र, कलाकारको उम्दा अभिनय र ‘कबड्डी’ सिक्वेलको क्रेजले यसलाई सफल हुन बल प्रधान गरेको छ । ‘कबड्डी’को यो श्रृङ्खलाले स्वजातिय विवाह र अन्र्तजातिय प्रेम सम्बन्धको अन्तरद्धन्दलाई उठान गरेको छ ।

यो पटक दयाहाङ राई, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, बिजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, राजन खतिवडा, अरुणा कार्कीका साथमा उपासना सिहँ ठकुरी, विल्सन बिक्रम राई, कर्मा शाक्य, लुनिभा तुलाधरले पनि अभिनय गरेका छन् ।

सिनेमा आर्टको प्रस्तुति र बाँसुरी फिल्मको निर्माणमा बनेको चलचित्रमा माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टले सहकार्य गरेका छन् ।

कथा निर्देशक रामबाबु र साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बाको हो । मणीराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार निर्मित चलचित्रमा रुदेन सदा लेप्चा सह निर्माताका रुपमा छन् । शैलेन्द्र डि कार्कीले खिचेको चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

आइतबार र शनिबार चलचित्र यूनिट राजधानीका विभिन्न हल पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेको थियो । अभिनेता दयाहाङ राई, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल तथा निर्देशक रामबाबु गुरुङ लगायतको टिम आजपनि विभिन्न हलमा पुग्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah