काठमाडौं/ किकको सफलतापछि नै किक–२ बन्ने चर्चा शुरू भएको थियो ।अहिले फिल्मका निर्माता निर्देशक साजिद नाडियाडवालाले यसको स्क्रिप्ट फाइनल गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसको सुटिङ २०२० को शुरूवातमा शुरू हुने बताइएको छ । सलमान खानको एक पटक पुनः डेबिल –देवीलाल सिंह) को भूमिकामा देखिने छन् ।

यसमा उनको यही भूमिकालाई अघि बढाइने छ । साजिदले यसको निर्देशन भने गर्ने छैनन् । यो जिम्मेवारी अरू कसैलाई दिइनेछ । सलमानको साथमा ज्याकलिन रहने बताइएको छ ।

साजिद र सलमानको दोस्ती मजबुत छ । जित, जुडवा, हर दिल जो प्यार करेगा, जानेमन र किकजस्ता पाँच फिल्ममा उनीहरूले एकसाथ काम गरे । किक– २ उनीहरूको छैटौं फिल्म हुनेछ ।