एजेन्सी/ भारतका लोकप्रिय क्रिकेट खेलाडीमध्ये एक महेन्द्रसिंह धोनीले बलिउड स्टार सञ्जय दत्तसँग फिल्म खेल्ने भएका छन्। निर्देशक समीर कर्णिकले बनाउन लागेको फिल्म ‘डग हाउस’ मा धोनी र सञ्जय एकसाथ अभिनय गर्दै छन्।

समीर कर्णिकले धर्मेन्द्रका तीन बाबुछोरालाई लिएर ‘यमला पगला दिवाना’ जस्तो सफल फिल्म बनाएका थिए। त्यसपछि भने उनले निर्देशन गरेका केही फिल्म लगातार फ्लप भए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो फिल्ममा सञ्जयले अभिनय गर्ने पक्का भइसकेको र महेन्द्रसिंह धोनी पनि सञ्जय दत्तसँग फिल्म खेल्न लगभग तयार रहेको एजेन्सीले जनाएका छन्। फिल्म डग हाउसमा धोनीको भूमिका निकै दमदार हुने निर्माण पक्षले जानकारी दिएको छ। डग हाउसमा सञ्जय र धोनीका साथै सुनिल सेट्ठी, इमरान हासमी र आर माधवनले पनि अभिनय गर्ने भएका छन्।