अष्ट्रेलियाको एडिलेडमा रिलेशनसिप अष्ट्रेलियाले ग्याम्बलिङ र यसको लतको बिषयमा एउटा रियल स्टोरी तयार पारेको छ। यसको दुइदिने सुटिङ भर्खरै सकिएको जानकारी हामीले पाएका छौ। निजम केसी संगै नेपाली कलाकार निश्चल तिमिल्सिना, मोनिका गुरङ र मण्जु खड्काको पनि यस चलचित्रमा अभिनय रहेको छ। अरु सबै कलकारहरु भने अरु विभिन्न देशबाट रहेका छन्।

मुख्य भुमिकामा निजम "लि" को चरित्रमा देखिनेछन् भने सेन्ड्रिन "मेरी" को भुमिकामा देखिदैछिन्। चलचित्रको सुटिङ प्रोडक्सन सिल्क मिडियाले गरेको छ। चलचित्रमा जाकिर र रेजाको निर्देशन रहेको छ। चलचित्र एडिलेडमा २१ अक्टोबरमा रिलिज गरिने भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड