एजेन्सी / बलिउड बक्स अफिसमा आउने बुधबारदेखि दुई ठुला फिल्महरूको टक्कर हुने भनिएकोमा त्यसमा हलिउडको बहुप्रतिक्षित फिल्म पनि मिसिन पुगेको छ।

बुधबार २ अक्टोबरका दिन महात्मा गान्धी जयन्तीको बिदाको अवसर पारेर ऋतिक रोशन र टाइगर श्राफ अभिनित ‘वार’ र चिरन्जीवी, अमिताभ बच्चन आदिको अभिनय रहेको तेलगू फिल्म ‘सई रा नरसिम्हा रेड्डी’बीच भिडन्त यस अघि नै निर्धारित थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैमा डिसी फिल्म्सको निर्माण रहेको ‘जोकर’ पनि त्यसै दिन रिलिज हुने भए पछि भीडन्त झनै रोचक हुने मानिएको छ। जोकर अमेरिका लागौयत अन्य ठाउँमा अक्टोबर ४ मा रिलिज भैराखेको भए पनि भारतमा त्यसको रिलिज दुई दिन वर् सारिएको हो।

यी तीनै फिल्म भारतमा चार भारतीय भाषाहरूमा रिलिज भैराखेका छन् र सबै जसो मल्टिप्लेक्सहरूमा चार वटै फिल्महरूको दबदबा रहने छ।

यशराज फिल्म्सको ब्यानरमा निर्मित ‘वार’ वर्षकै सबैभन्दा ठुलो एक्सन फिल्म मानिएको छ भने तेलगू फिल्मका सुपर स्टार रामचरणको निर्माण रहेको सी रा नारासिम्हा रेड्डी निकै महत्वाकांक्षी सिनेमा रहेको बताइन्छ। फिल्मको बजेट नै २०० करोड हुनुले पनि यस कुरालाई पुष्टि गर्दछ।

भारतीय मल्टिप्लेक्सहरूमा तीन ओटा ठुला फिल्महरू एकै साथ रिलिज भैरहेको यो पहिलो घटना भएको भारतीय मिडियाले लेखेको छ।यशराज फिल्म्सका चलचित्रहरू भारतमा निकै राम्रो प्रदर्शन गर्ने इतिहास रहेको छ।

तर यस पटक सई रा नरसिम्हा रेड्डीको हिन्दी संसकरणको वितरण अधिकार निर्माता निर्देशक फरहान अख्तरले लिएका छन्। यस अघि उनले ल्याएको केजीएफ च्याप्टर वनले हिन्दी भाषी क्षेत्रमा राम्रो व्यापार मात्र गरेन यसले शाहरुख खानको महत्वाकांक्षी परियोजना जिरोलाई समेत जीरो साबित गरिदियो।

यस पटक पनि वारका सामुन्ने यो चुनौती रहेको छ। त्यसका अतिरिक्त डिसी फिल्म्सको जोकरको बारेमा पॉनि भारतीय दर्शकहरूमा निकै चासो रहेको बुझिएको छ।