#

दमकमा अत्याधुनिक प्रविधिसहितको डिम्याक्स फिल्म हल सञ्चालनमा

  सवाल नेपाल   २०७६ आश्विन १५, बुधबार १५:११ मा प्रकासित

दमक/ झापाको दमक ६ वेलडाँगी रोडस्थित दमक महलमा डिम्याक्स चलचित्र हल सञ्चालनमा आएको छ । चलचित्र व्यवसायीहरुको करिब ६ करोड रुपैयाको लागतमा दमकमा नै पहिलो पटक आधुनिक प्रविधि जडित डिम्याक्स चलचित्र हल सञ्चालनमा आएको हो ।

दमकका पुराना सामाजिक व्यक्तित्व स्व. चित्र बहादुर बस्नेतको परिवारले निर्माण गरेको अत्याधुनिक दमक महल भित्र बस्नेत परिवार र चलचित्र व्यवसायका अनुभवी तथा स्थापित व्यक्तित्वहरु बलराम पराजुली, कुवेर शर्मा र छवि ओझासहितले कूल ६ करोडको लागतमा अत्याधुनिक प्रविधि जडित सुविधा सम्पन्न चलचित्र हल सञ्चालनमा ल्याएका हुन् ।
सो डिम्याक्स हलको बुधबार दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले उद्घाटन गरिन् । डिम्याक्स हलको उद्घाटन गर्दै उपप्रमुख अधिकारीले दमकको आर्थिक विकास संगै यहाँको मनोरञ्जनको आवश्यकता पूरा गर्न यसले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।
हलका सञ्चालक रेवत बस्नेतका अनुसार नवनिर्मीत महलमा अण्डरग्राउण्ड पार्किङसहित अत्याधुनिक सुविधा छ । सो चलचित्र हलमा एकैसाथ दुई वटा फिल्म हेर्न सकिने सञ्चालक बस्नेतले वताएका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु