काठमाडौं / ऋतिक रोशन र टाइगर श्रोफ अभिनित फिल्म ‘वार’ रिलिज हुने बित्तिकै बक्स अफिसमा धमाका मच्चाइ रहेको छ । फिल्म रिलिजको पहिलो दिननै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । रिपोर्ट अनुसार पिल्मले पहिलो दिन ३५ देखि ४० करोडको व्यापार गरेको छ ।

फिल्म ‘वार’ हिजो २ अक्टोवरका दिन गान्धी जयन्तीको अवसर पारेर रिलिज भएको हो । ‘वार’ बक्स अफिसमा साउथ फिल्म‘ साय रा नरसिम्हा रेड्डि’ र हलिउड फिल्म ‘जोकर’ संग भिडिरहेको छ । तर पनि फिल्म ‘वार’ लाई खासै असर परेको छैन । यो फिल्मको बजेट १५० देखी २०० करोड रहेको बताइएको छ ।

यस्तो छ फिल्म ‘वार’ को कहानी

भारतीय सेना का स्पेशल मिशन ह्याण्डिल गर्ने मेजर कबीर लुथर (ऋतिक रोशन) लाई यस फिल्ममा बागी देखाइएको छ । कबीर फरार छन् र अब भारतको लागि उनी खतरा भैसकेका छन् । यस्तो अवस्थामा सेना खालिद खान (टाइगर श्रोफ) र कर्नल लूथरा (आशुतोष राणा) लाई कबीरलाई खोज्ने जिम्मा दिएको छ । फिल्म यसैको सेरोफेरोलाइृ लिएर बनाइउको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय