एजेन्सी / बलिउड सफल नायक हुन् आयुष्मान खुर्राना । उनी अभिनित धेरै फिल्म सुपरहिट छन् । टेलिभिजन कार्यक्रम संचालक तथा एफएम प्रस्तोता रहेको आयुष्मानले २०१२ मा फिल्म विक्की डोनरबाट डेब्यू गरेका हुन् । धेरै फिल्म झैँ उनी अभिनित पछिल्लो फिल्म ‘ड्रीम गर्ल’ पनि वक्सअफिसमा सुपरहिट भइसकेको छ। जसमा उनी फरक अवतारमा प्रस्तुत भएका छन् अब भने उनको फिल्म बाला रिलिजको तयारीमा रहेको छ ।
लगातार फिल्म हिट भएपछि आयुष्मानले आफ्नो पारिश्रमिक बढाएका छन्। भारतीय संचारमाध्यमका अनुसार लगातार ७ फिल्म सुपरहिट भएपछि आयुष्मानले हाल लिदैं आएको पारिश्रमिकलाई पाँच गुणाले बढाएका हुन्। हाल प्रति फिल्म २ करोड भारू पारिश्रमिक बुझ्दै आएका उनले अब भने १० करोड भारू पारिश्रमिक लिने भएका छन्।



