एजेन्सी- बलिउड अभिनेता सलमान खानको विवाहलाई लिएर मानिसहरूले निकै चासो दिन्छन् । उनले कहिले र कोसँग विवाह गर्छन् भन्ने कुरालाई खुब चासोका साथ हेरिन्छ ।

यद्यपि उनले विवाहबारे कुनै मिति र केटी फिक्स गरेका छैनन् । उनको नाम धेरै अभिनेत्रीहरूसँग जोडिए पनि विवाह भने गरेका छैनन् ।

भारतीय सञ्चारमाध्यम अमरउजलामा सलमान कुनै बेला विवाहका लागि तयार रहेको खबर प्रकाशित भएको छ । बताइएअनुसार उनको विवाहको कार्डसमेत छापिइसकेको छ । तर विवाह हुन पाएन ।

यो कुरा सलमानका साथी तथा फिल्म प्रोड्युसर साजिद नाडियावालाले भनेका हुन् । साजिदले यसको खुलासा कपिल शर्माको शोमा गरेका हुन् ।

साजिद अहिले ‘हाउसफुल ४’को प्रमोशनका लागि टीमसहित ‘द कपिल शर्मा शो’मा पुगेका थिए । त्यहाँ कपिलले उनको र सलमानको विवाहबारे प्रश्न गरेका थिए ।

त्यसपछि साजिदले सलमानको विवाहसँग जोडिएको एउटा किस्सा सुनाए । उनले भने, ‘सन् १९९९ मा सलमानले अचानक बोले कि विवाह गरौं । उसँग त केटी थियो तर मेरो लागि खोज्नुपर्ने भयो । विवाह फिक्स पनि भयो । कार्ड पनि बन्यो । करीब २५ जना विवाहमा आउनुपर्ने थियो । तर ६ दिन अगाडी सलमानले मेरो विवाह गर्ने मूड छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah