एजेन्सी / ऋतिक रोशन र टाइगर श्रोफको फिल्म ‘वार’ ले ३०० करोड कमाएको छ । फिल्मले तीन हप्तामै ३०० करोड कमाएको हो । यसका साथै २०१९ को सबै भन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ ‘वार’ ।
२ अक्टोबरमा रिलिज भएको फिल्म ‘वार’लाई दर्शकले धेरेनै रुचाएका छन् । ऋितिक र टाइगर अभिनित उक्त फिल्मले रिलिज भन्दा पहिलो दिनदेखिनै विश्वभर रेकर्ड बनाएको थियो ।
केही दिन अघिमात्रै फिल्म ‘वार’ ले शाहिद कपुर अभिनित फिल्म ‘कबीर सिंह’लाई पछाडि पारेको छ । ट्रेड एनालिष्ट तरण आदर्शले ट्वीट गर्दै फिल्म ‘वार’ले ३०० करोड पार गरेको बताएका छन् ।
हालैमा फिल्मले कमाईको मामलामा अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ लाई उछिनेको थियो । ‘कबीर सिंह’ को २ सय ७८ करोडको कलेक्सनलाई उछिन्दै ‘वार’ भारतको सबैभन्दा धेरै कमाउने फिल्ममा सामेल भएको छ ।
यो फिल्मले ओपनिङ डेमा ५३ करोड ३५ लाखको विजनेश गरेको थियो । योसँगै यसले आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को सबैभन्दा ठूलो ओपनिङको रिकर्ड तोड्यो । यसपछि प्रदर्शनको तीन दिनमा सय करोड कमाएर एक नयाँ रेकर्ड पनि बनाएको छ । एक हप्तामा २ सय करोड कमाएर सलमान खानको ‘भारत’ को रेकर्ड समेत ब्रेक गर्यो ।
तीन सय करोड क्लबमा इन्ट्री हुने टाइगरको पहिलो फिल्म, २०१९ को सबैभन्दा चाँडो तीन सय करोड कमाउने फिल्म, हाइएस्ट ओपनर हिन्दी फिल्म, ऋतिक-टाइगर-यशराज फिल्मस्को हाइएस्ट ओपनर, टाइगर-ऋतिकको करिअरको हाइएस्ट ओपनर र २०१९ मा ओपनिङ डेमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राख्यो ‘वार’ सफल भएको छ ।



