काठमाडौं/ कार्यक्रम उत्पादक मिडिया हब प्रा.लि. र हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहबिचको विवाद टुंगिएको छ।

‘सक्किगोनी’ का पात्रहरु आफूले निर्माण गरेको ‘भद्रगोल’बाट लगिएको दाबीसहित मिडिया हबले प्रहरीमा उजुरी दिएको थियो। यस विषयमा छलफल गर्न प्रहरीले शुक्रबार दुवै पक्षलाई बोलाएको थियो। तर, उनीहरुले प्रहरीमा नगई पहिल्यै दुवै पक्षबिच सहमति गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मिडिया हबका प्रमुख सोमप्रसाद धिताल, ‘सक्किगोनि’का प्रमुख पात्र अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) बीचको छलफलमा विवादको विषय सहमतिमा टुंग्याईएको हो।

यसअघि मिडिया हबको उत्पादनमा ‘भद्रगोल’मा काम गरेका जिग्री–पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गरिरहेको छ। उता मिडिया हबले पनि नेपाल टेलिभिजनबाट ‘भद्रगोल’को प्रशारण जारी राखेको छ।

अर्जुन घिमिरे (पाँडे)ले आफूहरुबीचको विवाह टुंगिएको फेसबुकमार्फत समेत जानकारी दिएका छन्।