बलिउड तथा दक्षिण भारतीय सिनेमामा सक्रिय अभिनेत्री श्रुति हसनले आफू असल प्रेमीको खोजीमा रहेको बताएकी छन्। आफ्ना नीजि जिवनका रहस्यहरूबाट पर्दा उठाउँदै आफू सच्चा प्रेमको खोजीमा रहेको बताएकी हुन्।

एक टेलिभिजन कार्यक्रममा उनले आफ्नो सम्बन्ध तथा निजी जिवनका बारेमा खुलेर कुरा गर्दै हाल आफू एक्लै रहेको र साँचो माया गर्ने मानिसको खोजीमा रहेको बताइन्। सो टेलिभिजन कार्यक्रममा उनले हालसम्म आफू एकजनासँग सम्बन्धमा रहेको खुलासा गरिन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो कार्यक्रममा कार्यक्रम संचालकले उनलाई 'हरकोही सम्बन्धमा हुन्छन् र त्यसमा विछोड पनि हुने गर्छ। तपाईं आफ्नो करियरको सुरूवातमा हुँदा प्रेमसम्बन्धका बारेमा के विचार राख्नु हुन्थ्यो?' भनेर सोधेकी थिइन्।

'म सजिलो मान्छे थिएँ। म अवोध थिएँ र जोकोहीले ममाथि शासन चलाउँथ्यो। म एकदमै भावुक छु र यसै कारण उनीहरू ममाथि हाबी हुन्थे। त्यो मेरा लागि एउटा राम्रो अनुभव थियो।' त्यसैगरी श्रुतिले मान्छेको व्यवहार राम्रो-नराम्रो समयले निर्धारण गर्ने बताइन्।

'आज पनि यसको कुनै सुत्र छैन। एक समय राम्रा ठानिएका मानिसहरू ‍समयसँगै नराम्रो हुन्छन्। तर मलाई यसमा कुनै खेद छैन। मेरो लागि त राम्रो अनुभव बन्यो। धेरै कुरा सिक्न पाएँ तर यसक्रममा मलाई सँधै साँचो मायाको अभाव भने रह्‍यो। मैले त्यही खोजी रहें र आज मलाई म यही नै एउटा कुरा खोजीमा रहेकी छु भनेर घोषणा गर्दा खुशी छु।' त्यसैगरी श्रुतिले आफ्नो रोजाइमा इमान्दार, ठट्यौलो स्वभावको मान्छेको खोजी रहेको बताइन्।