काठमाडौं । हालै भारतीय अभिनेता सलमान खान स्टारर फिल्म 'दबंग ३' को ट्रेलर सार्वजनीक भएको छ । ट्रेलरले प्रशंसकबाट धेरै माया पाइरहेको छ, ट्रेलरको कारण सोशल मिडियामा ट्रेड भइरहेको छ । ट्रेलरमा सलमानको रोमान्स र कमेडी पनि देखाइएको छ।

फिल्मको ट्रेलर सार्वजनीक कार्यक्रममा सलमानले फिल्म र आफ्नो मुद्दाहरूमा बोलेका छन् । ट्रेलरमा सलमान खान फेरि शर्ट बिनाको स्टाइलमा देखा परेका छन् । साथै फ्यानहरूले वाहिवाहि गरेका छन्। ट्रेलर लन्चमा सलमान खानले केही समयदेखि सोशल मीडियामा शर्टलेस फोटोहरू किन शेयर गरिरहेका छन् सोको खुलासा गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ट्रेलर सार्वजनीक कार्यक्रममा सलमानले भने- 'फिल्ममा मेरो शरीर देखिसकेपछि धेरै मानिसहरूले सोच्दछन् यो भिएफएक्सको कमाल हो । वास्तवमा मेरो शरीर यस्तो छैन। चुलबुलको भुमिका निभाउनको लागि मैले धेरै मेहनत गरेको छु । जिममा धेरै पसिना बगाएको छु।'

फिल्ममा प्रशंसकहरूले चुलबुल पाण्डे कसरी दबंग बन्नछन् त्यो देख्न पाउनेछन् । त्यस्तै, सलमान खान महेश मांजरेकरकी छोरी साई मांजरेकरलाई फ्ल्यासब्याकमा रोमान्स गर्दै देखा पर्नेछन्।

फिल्म डिसेम्बर २० मा रिलीज हुनेछ। प्रभुदेवा निर्देशित फिल्ममा सोनाक्षी सिन्हा, साई मांजरेकर, सुदीप किचा, अरबाज खान, महेश मांजरेकर पनि मुख्य भूमिकामा छन्।