एजेन्सी / महाराष्ट्रमा सरकार बनाउने विषयलाई लिएर भाजपा र शिवसेनाबीच खिचातानी जारी छ। यसैबीच एक जनाले समस्याको समाधान नभएसम्म अनिल कपुरलाई मुख्य मन्त्री बनाउन सुझाव दिएका छन्।

अनिल कपुरका फ्यानले नयाँ मुख्य मन्त्रीको टुंगो नलागेसम्मका लागि अनिल कपुरलाई मख्य मन्त्री बनाउन सुझाव दिएका हुन्। आफ्ना फ्यानले यस्तो ट्विट गरेपछि अनिल कपुरले तत्काल जवाफ फर्काका छन्। उनले लेखेका छन्–म नायक नै ठिक छु।’

विजय गुप्ता नामको ट्विटर ह्याण्डिलबाट गरिएको ट्विटमा लेखिएको छ–महाराष्ट्रमा जबसम्म कुनै बाटो निस्किँदैन तबसम्म अनिल कपुरलाई मुख्य मन्त्री बनाएर हेरौं। पर्दामा उनको एक दिनको कार्यक्रम पूरा देशले हेरेको छ। र मन पनि पराएका छन्। देवेन्द्र फडणवीस र आदित्य ठाकरे के सच्दै हुनुहुन्छ?’

१८ वर्ष पहिला२००१ मा अनिल कपुरको फिल्म नायक फिल्म रिलीज भएको थियो। जसमा उनी मुख्यमन्त्रीले चुनौती दिएपछि एक दिनका लागि मुख्य मन्त्री बनेका थिए। एक दिनमात्र चलाएको सरकार देखेर अनिल कपुरलाई मानिसले राजनीति गर्न सुझाव दिन्छन्। उक्त फिल्मको निर्देशक एस शंकरले गरेका थिए। यो फिल्म १९९९ मा रिलीज भएको तमिल–तेलुगु फिल्म ‘मुधालवन’ को हिन्दी रिमेक थियो।

महाराष्ट्रमा एनडीए सरकार बनाउनका लागि भाजपा शिवसेनाको उपमुख्यमन्त्री र १३ मन्त्री दिन तयार भएको छ। तर गृह, राजश्व, अर्थ र नगरीय विकास जस्ता मन्त्रालय दिन भाजपा तयार भएको छैन। शिवसेनाको नजर यिनै मन्त्रालयमा छ। विगतको सरकारमा ६ क्याबिनेट मन्त्री र ७ राज्यमन्त्री पद शिव सेनालाई दिइएको थियो। स्रोतका अनुसार शिवसेनालाई उपमुख्य मन्त्री दिन भाजपालाई आपत्ति छैन। तर गृहमन्त्रालय दिन भाजपा तैयार छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah