काठमाडौं/ फेसबुक पोस्टका कारण कलाकार तथा निर्देशक आसिफ शाह विवादमा तानिएका छन्। फिल्म घामड शेरेको प्रचार गर्ने क्रममा उनले गरेको फेसबुक पोस्टले उनको आलोचना भएको हो ।

उनले शनिबार फिल्म ‘घामड शेरे’को पोष्टर र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तस्वीर फेसबुकमा पोष्ट गरेका थिए। त्योसंगै आसिफको आलोचना भएको हो।

फिल्म ‘घामड शेरे’ आउँदो शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउँदैछ। आसिफले फेसबुकमा ‘घामड शेरे, कार्तिक २२’ लेखेर फिल्मको पोष्टर र देउवाको तस्वीर पोष्ट गरेका थिए।

उनको पोष्टलाई आधार बनाएर काँग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलले साहले सार्वजनिक रुपमा माफी माग्नु पर्ने भन्दै विरोध गरेका थिए।

आलोचनापछि आसिफले त्यो पोष्ट डिलिट गर्दै नयाँ स्टाटस् मार्फत स्पष्टिकरण दिएका छन्। उनले कोही व्यक्ति वा संस्थाको भावनामा चोट पुर्याउन नचाहेको बताएका छन् । उनले आफू कुनै राजनैतिक विचारको नभएको भन्दै आफूले ठट्यौली मात्र गरेको र यसले कसैको भावनामा ठेस पुगेकोमा माफी मागेका छन्।

आसिफ केही पहिले प्रदर्शनमा आएको ‘दुई रुपैयाँ’ का निर्देशक तथा कलाकार हुन्। ‘घामड शेरे’मा आसिफ छैनन्। फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका छ। फिल्मको प्रचारप्रसारमा सहयोग पुगोस् भन्ने हेतुले गरेको पोष्टले अहिले आसिफ तनावमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah