एजेन्सी / गएको वर्ष प्रदर्शनमा आएको निकै विवादित तर ब्लकबस्टर फिल्म ‘पद्मावत’ पछि अभिनेत्री दीपिका पादुकोणले लामो समय कुनै फिल्म साइन गरिनन् । अभिनेता रणवीर सिंहसँग विवाहको लागि उनले डेट्स बचाएर राखेकी थिइन् ।

विवाहपछि उनले फिल्म ‘छपाक’ को घोषणा गरिन् । उनले यो फिल्मको छायांकन भ्याइसकेकी छन् ।‘छपाक’ छायांकन भ्याएकी नायिका दिपीका पादुकोण फिल्म ‘अरुन्धती’मा देखिँदैछिन् ।
केही दिन अघिमात्र उनले फिल्म ‘महाभारत’ मा पनि साइन गरेको खबर आएको थियो । हरर जनरामा निर्माण हुने फिल्म ‘अरुन्धती’ अनुष्का शेट्टीको तेलुगू फिल्मको हिन्दी रिमेक हो ।
नायिका दिपीकाले पहिलो पटक हरर फिल्ममा काम गर्न लागेकी हुन् । यो फिल्म बंगाली रिमेकमा पनि बनिसकेको छ ।फिल्ममा दीपिका पादुकोण ले लिड रोल निभाउनेछिन् ।
दीपिकाले हालैमा आफूले चाँडै कुनै डार्क रोमान्टिक फिल्म गर्न लागेको बताएकी थिइन् ।उनी चाँडै श्रीमान् तथा अभिनेता रणवीर सिंहको श्रीमतीको रुपमा फिल्म ‘८३’ मा देखिँदैछिन् ।



