एजेन्सी/ बिग बस १३ को पछिल्लो विकेन्डको वार एपिसोडमा फिल्म बालाका स्टारकास्टको उपस्थिती रह्यो । आयुष्मान खुराना, भूमि पेडनेकर र यामी गौतमले सलमान खानको शोमा निकै रमाइलो पनि गरे ।

बिग बसको सेटमा बालाको टिमले सुरुमा त खेसारी लाल यादवलाई प्रश्न गरे त्यसपछि आयुष्मान खुरानाले सलमान खानलाई टेढो प्रश्न सोधे । आयुष्मान खुरानाले सलमान खानलाई सोधे, ‘कुन फिल्मको सुटिङको पहिलो दिन नै तपाईंलाई यो फिल्म चल्दैन भनेर थाहा थियो ?’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसको जवाफ दिँदै सलमानले भने, ‘यस्ता थुप्रै फिल्म छन् ।’ आयुष्मानले एउटा फिल्मको त नाम लिनै पर्छ भनेर कर गरेपछि उनले भने, ‘सूर्यवंशी’ । आयुष्मान र भूमिले उनीहरुलाई सूर्यवंशी फिल्म निकै मनपर्ने बताए । आयुष्मानले सूर्यवंशीको डायलग पनि बोले ।

स्मरण रहोस्, सलमान खान, अमृता सिंह स्टारर फिल्म सूर्यवंशी सन् १९९२ मा रिलिज भएको थियो । यसको निर्देशन राकेश कुमारले गरेका थिए । सलमान खान, अमृता सिंहबाहेक फिल्ममा शिबा आकाशदीप, सईद जाफरी महत्वपूर्ण भूमिकामा थिए ।