एजेन्सी / बलिउड अभिनेत्री मलाइका अरोडा केही दिन अगाडि नेहा धुपियाको च्याट शो ‘नो फिल्टर नेहा–४’ मा गएकी थिइन्। त्यहाँ उनले आफ्नो र अर्जुन कपुरको सम्बन्धलाई लिएर खुलेर कुरा गरिन्।

उक्त च्याट शोमा मलाइकाले आफू र अर्जुनको विवाह कसरी हुन्छ भन्ने विषयमा पनि खुलाइन्। उनले आफूहरुको विवाह क्रिश्चियन परम्परा अनुसार हुने बताइन्। उनले आफूहरुको विवाहमा नजिकका साथीलाई मात्रै आमन्त्रण गरिने बताइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जब नेहा धुपियाले मलाइकालाई अर्जुन कपुरको एउटा मन नपर्ने चीजको विषयमा सोधिन् तब मलाइकाले भनिन्–अर्जुन हरेक कुरामा परफेक्ट छन्।’ सो क्रममा मलाइकाले अर्जुनको फोटोग्राफीको तारिफ गरेकी थिइन्। मलाइकाका अनुसार अर्जुन सधैं मलाइकाको राम्रो फोटो खिच्छन्। उनले आफू अर्जुनको तुलनामा राम्रो फोटोग्राफी गर्न नसक्ने पनि बताइन्।

मलाइका र अर्जुन लामो समयदेखि अफेयरलाई लिएर चर्चामा छन्। यही वर्ष मार्चमा एक म्यागेजीनसँग कुरा गर्दै अर्जुनले आफू मलाइकासँग सहज महशुस गर्ने गरेको बताएका थिए। ‘म मलाइकासँग सजिलो महशुस गर्छु र मिडियाले यो कुरालाई बुझेको पनि छ। मलाइकाप्रति मिडियाको रवैया नराम्रो छैन। न कसैले नराम्रो कुरा लेखेका छन्।’