भाेजपुर/ अरुणकला साहित्य समाज भाेजपुरकाे आयोजनामा नाटक “सपना” प्रर्दशनका साथै नृत्य तथा कबिता प्रतियोगिता सम्पन्न भएकाे छ । उक्त कार्यक्रम समाजका पुजन आचार्यकाे सभापतित्व तथा अरुण गाँउपालिकाकि उपध्यक्ष बिनिता ढकालकाे प्रमुख आतिथ्यमा विश्वप्रेमी माध्यामिक बिद्यालय याकुमा कार्तिक १० गतेमा सम्पन्न भएकाे हाे , कार्यक्रम दिलकुमारी ढकालकाे सुन्दर तथा कलात्मक उदघाेषणमा सम्पन्न भएको थियाे।

समुह नृत्य प्रतियोगितामा दिपा ढकाल समुहकाे प्रथम,भाेजकुमारी ढकालककाे समुह दाेश्राे,प्रतिमा डाेटेलकाे समुह तेस्रो तथा सुमन श्रेष्टकाे समुह सान्त्वना पुरस्कार पाएका थिए। कबिता प्रतियोगिता हेमकला अधिकारी प्रथम, सुस्मिता दर्जी दाेश्राे,कमला ढकाल तेस्रो तथा गाेमा ढकालक सान्त्वना पुरस्कार पाएका थिए। बिजयी प्रतियोगिहरुलाई क्रमश नगद तथा मायाकाे चिनाे प्रदान गरिएको थियाे ।

बैदेशिक राेजगारकाे सिलसिलामा बिदेशिने घर परिवारकाे कथा बकेकाे “सपना”मा साहुकाे ऋण तिरेर घरपरिवारकाे आर्थिक स्थिति सुधार्न तथा राेगी बाबु आमाकाे उपचार गरी सुखसयलमा राख्ने सपना देखेका युवाहरूले सपना पुरा गर्न पनि बैदेशिक राेजगारकाे सहारा लिनुपर्ने हुन्छ । अनुशा अधिकारीकाे लेखनमा नाटक “सपना” कयाैं बर्ष देखी समस्या रहेकाे नेपाली समाजकाे कथा सान्दर्भिक देखिन्छ।

उक्त नाटकमा पुजन आचार्य र कमला थापाकाे मुख्य भूमिका रहेकाे सपनामा अन्य कलाकारहरूमा लोकेन्द्र ढकाल, उर्मिला ढकाल,अस्मिता अधिकारी,ज्याेति राई, संजय पहाडी,बेदनाथ ढकाल,काेपिला ढकाल,सुस्मिता आचार्य,रेवन खतिवडा,बिनिता ढकाल,स्वस्तिका श्रेष्ठ,बाबु श्रेष्ठ,अनुपम रसाइली,सुमित्रा ढकाल लगायतका कलाकारहरुको अभिनय रहेकाे थियाे । “सपना” नाटकलाइ कमला थापाले निर्देशन गरेकी हुन ।

कार्यक्रममा अरुण गाँउपालिकाकि उपध्यक्ष बिनिता ढकालकाे प्रमुख आतिथ्यमा ध्यन बहादुर राइ,सामाजिक अभियान्ता बबिन्द्र रसाइली, नाट्यकर्मी/चलचित्रकर्मी तथा तिताे पिराे निर्देशक ज्ञानेन्द्र काेईराला बिशिस्ट अतिथि,गंगामाया ओझा, धवानी प्रसाद ढकाल,धनकुमारी पहाडि,युवराज ढकाल लगायत अतिथि हरुकाे उपस्थिति रहेका थिए ।




