एजेन्सी\ अभिनेता राजकुमार राव सानै उमेरदेखि नै सुपरस्टार शाहरुख खानको फ्यान भएको उल्लेख गदै एउटा भिडियो सेयर गरेका छन् ।

एक कार्यक्रमकाबीच शाहरुख र राजकुमारको भेटघाट भएको थियो । कार्यक्रममा शाहरुख खानले राजकुमारलाई अंगालो हाल्दै चुम्बन गरेको भिडियोमा देख्न सकिन्छ ।
राजकुमारले उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, ‘सानैदेखि म उनको डाइलग भन्दै आएको थिए । आज उनले मेरो डाइलग भने । रोमाञ्चित महसुस भइरहेको छ । तपाईं जस्तो कोही छैन । तपाईंले नै मलाई अभिनेता बन्न अभिप्रेरित गर्नुभएको हो । म सधैँ तपाईंको सबैभन्दा ठूलो फ्यान हुँ ।’
शाहरुख खानले राजकुमार राव अभिनित फिल्म ‘स्त्री’ को डाइलग भनेका थिए ।



