एजेन्सी/ अहिलेको समयका सबैभन्दा सफल अभिनेता आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यपले आफ्नो मनको कुरा खोलेकी छिन् । लेखिका तथा फिल्म निर्माता र क्यान्सरसँगको लडाईंमा जीत हाँसिल गरिसकेकी ताहिराले पहिलो पटक आफ्ना श्रीमानको अंतरंग दृश्यबारे टिप्पणी गरेकी छिन् ।

आफ्नो श्रीमानको अभिनेत्री यामी गौतमसँगको अंतरंग दृश्य देख्दा आफूलाई असुरक्षाको भावनाले घेरेको ताहिराले बताइन् । यद्यपि, यस्तो भावनाबाट निस्कन आफूले सिकिसकेको उनले बताइन् ।

ताहिराले भनिन्, ‘विकी डोनरमा आयुष्मान र यामी गौतमबीच अंतरंग दृश्य देख्दा मलाई असुरक्षाको भावनाले घेरेको थियो ।’

राधिका आप्टेसँग अंतरंग दृश्यमा आफैंले बताइन् कमजोरीः

ताहिराले भनिन्, ‘हो, सुरुमा म असुरक्षित महसुस गर्थे, तर जब म ‘अंधाधुन’ को सम्पादन हेरिरहेकी थिएँ तब मैले टिमलाई आयुष्मान र राधिका आप्टेबीचको अंतरंग दृश्यमा केही कमी भएको बताएकी थिएँ । त्यतिबेला एक असुरक्षित श्रीमतीदेखि अंतरंग दृश्यको विश्लेषकसम्मको यो परिवर्तनलाई मैले महसुस गरेँ ।’

आफ्नै पहिचान बारे के भन्छिन् आयुष्मानकी श्रीमतीः

आफ्नै पहिचानबारे ताहिरा भन्छिन्, ‘म आयुष्मानलाई १८ वर्षदेखि चिन्छु र आयुष्मानकी श्रीमतीको रुपमा परिचित हुँदा मलाई गर्व महसुस हुन्छ । जहाँसम्म आफ्नै पहिचानको कुरा छ, संसार मेरो आत्मस्वीकृतिको सन्देशप्रति साँच्चै नै ग्रहणशील छ । म जे छु, मेरो आफ्नै उपस्थिती, धारणा र अस्तित्वलाई मानिसहरुले स्विकार गर्न सुरु गरेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah