एजेन्सी/ केही महिनादेखि सामाजिक सञ्जाल तथा चलचित्र उद्योगहरूमा उनको चर्चा चलिरहेको छ । उनको गायन कलाको धेरैले तारिफ गरिरहेक हुन्छन् ।
उनले रेडियो, टीभी तथा युट्युबमा उनले अन्तरवार्ता दिन थालेकी छन् । पछिल्लो समय सामाजिक सञ्जालमा रानूको एक भिडियो भाइरल भइरहेको छ । यस भिडियोमा उनी एक रेडियो स्टूडियोमा गीत गाइरहेकी देखिन्छिन् ।

बन्दै गरेको नयाँ चलचित्रका लागि उनले गीत गाएकी छिन् । सोही गित उनले रेडियोमा पनि गाएकी हुन् । यद्यपी यतिखेर उनको चर्चा उनको गीतमा नभई उनको मेकअपमा भएको छ । उनको मेकअपलाई लिएर ट्रोलर्सले ट्रोल बनाएका छन् ।

यसअघि आफ्नो फ्यानसँग सेल्फी लिन अस्विकार गरेको भन्दै उनीमाथि ट्रोल बनाइएको थियो ।



