काठमाडौं / अभिनेत्री पूजा शर्माले पूर्वराजा ज्ञानेन्द्र शााह र बुहारी हिमानी राज्यलक्ष्मी शाहसंग फोटो खिचेर आफ्नो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा पोष्ट गरेकी छन् । पूजाले पोष्ट गरेकी उक्त फोटोहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अभिनेत्री पूजाले पूर्वराजा ज्ञानेन्द्र र हिमानीसंग लिएकी उक्त फोटोको क्याप्सनमा नेपालको अन्तिम राजा र विश्वको अन्तिम हिन्दु राजा भन्दै हामी तापाइलाई धेरै सम्झन्छौं लेखेकी छन् ।
पूजाले शनिबार राति लिएकी उक्त तस्विरहरु सामाजिक सञ्जाल फेसबुक र ईन्स्टामा पोष्ट गरेपछि भाइरल भएको हो।

शनिबार साँझ आफ्नो साथीको जन्मदिन मनाउन महाराजगञ्जको एक रेस्टुरेन्टमा पुगेकी पूजाले पुर्वराजा ज्ञानेन्द्र शाह र हिमानीलाई उक्त रेस्टुरेन्टमा भेटेकी थिइन्। उक्त भेटकाे क्रममा पूजाले पूर्वराजा ज्ञानेन्द्र र हिमानीसंग फोटो लिएर आफ्नो सामाजिक सञ्जालमा पाेष्ट गरेकी हुन्।

यतिबेला पूजा फागुन २३ गते देखि प्रर्दशनीमा आउने ‘म यस्तो गीत गाउछु २’ को छायांकन व्यस्त छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय