एजेन्सी/ जमाना सामाजिक सञ्जालको छ- फेसबुक, ट्विटर, इन्स्टाग्राम र पछिल्ला वर्षमा टिकटक। संसारभरका विभिन्न देशका सेलेब्रेटीदेखि सर्वसाधारणसम्म लोकप्रिय छ टिकटक। आफ्नो प्रतिभा देखाउनदेखि चर्चा बटुल्नसम्म टिकटकका १५ सेकेन्डका भिडिओ काफी छन्।

अझ कोही त टिकटकमा एउटा-दुइटा भिडिओ हालेरै पनि लाखौं फ्यान कमाउन सफल भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुइटा भिडिओ हालेर पनि धेरै फ्यान कसले सक्ला? यसको जवाफ हो बलिउड अभिनेत्री श्रद्धा कपुर।हो, जम्मा दुइटा भिडिओ टिकटकमा हालेकी श्रद्धा कपुरका १६ लाख फलोअर छन्। उनी आफ्नै फिल्मको गीत 'हम्मा हम्मा' र अर्को एक गीतमा भिडिओमा नाच्दै गरेकी देखिन्छिन्।

एक वर्ष अगाडिका ती भिडिओपछि श्रद्धा अपडेटमा छैनन्। तर उनका तिनै भिडिओमा हजारौं लाइक आएका छन्।

यस्तै माधुरी दीक्षतका पनि टिकटकमा ८ लाख फलोअर छन्। उनले पनि जम्मा दुइटा भिडिओ पोस्ट गरेकी छन्।

बलिउड अभिनेता रितेश देशमुख भने श्रद्धा र माधुरीभन्दा बढी नै सक्रिय छन्। उनले अहिलेसम्म ३० वटा भिडिओ हालिसके। उनका फलोअर ६० लाख छन्।

सन्नी लियोन पनि बेलाबखत टिकटकमा देखिन्छिन्। १४ वटा भिडिओ हालेकी उनका १४ लाख फलोअर छन्।

टिकटकमा धेरै सक्रिय नभए पनि रूचाइएका अभिनेता हुन् शाहिद कपुर। जम्मा ६ वटा भिडिओ हाले वनि ६ लाख ३५ हजार बढी फलोअर छन्।