एजेन्सी / उनका 'केशरी', 'मिशन मंगल', 'हाउसफुल ४' गरी तीन सिनेमा रिलिज भएकोमा तीनै सिनेमाले वक्सअफिसमा सुपरहिट व्यापार गरे। उनको अर्को एक सिनेमा रिलिजका क्रममा छ। उनी र करिना अभिनित 'गुड न्यूज' डिसेम्बर २७ मा रिलिज हुँदैछ।

यो सिनेमाले पनि अनुमानित कमाइ गरेमा अक्षयले आफ्नो नाममा एउटा कीर्तिमान लेखाउनेछन्। 'गुड न्यूज' सिनेमाले २३० करोड भारू कमाएमा अक्षय एक वर्षमा हजार करोड कमाइ गर्ने अभिनेतामा बन्नेछन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि सन् २०१६ मा सलमान खान अभिनित 'बजंरगी भाइजान' र 'प्रेम रतन धन पायो'ले कुल ९७० करोड भारू कमाइ गरेका थिए।

हजार करोडको यात्रामा रहेका अक्षयको यसवर्षको पहिलो रिलिज 'केशरी' थियो। मार्चमा रिलिज भएको यो सिनेमाले २०३ करोड भारू कमाइ गर्‍यो। त्यसैगरी दोश्रो रिलिज 'मिशन मंगल'ले २७७ करोड भारू कमाएको छ।

यस्तै उनको तेश्रो रिलिज 'हाउसपुल ४'ले २९० करोड भारू कमाइ गरिसकेको छ।

यसरी यी तीन सिनेमाको कुल कमाइ ७७० करोड भारू हुन्छ। अब 'गुड न्यूज'ले २३० करोड भारू कमाएमा अक्षय एके वर्ष एक हजार करोड कमाउने अभिनेता बन्नेछन्।